पहिरो खस्दा मुग्लिन सडक अवरुद्ध

0 Shares

चितवन, २२ साउन । चितवनको कालीखोलामा पहिरो खस्दा मुग्लिन–नारायणगढ सडक रातिदेखि अवरुद्ध हुन पुगेको छ । बुधबार बिहान करिब साढे १ बजे पहिरो खसेर अवरुद्ध भएको सडक अझै सञ्चालनमा आउन सकेको छैन ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार अहिले सडकमा खसेको पहिरो पन्छाउने काम जारी रहेको छ । डोजरको सहयोगमा प्रहरीले पहिरो पन्छाउने काम गरिरहेको र बाटो खुल्न अझै समय लाग्ने जनाइएको छ । पहिरोले सडक बन्द भएपछि अहिले चितवनबाट काठमाडौँ र पोखरा जाने–आउने सयाँै सवारी बीच बाटोमै अलपत्र परेका छन् ।

उक्त ठाउँमा यही भदौ दोस्रो साता पनि पहिरो खसेर बाटो अवरुद्ध भएको थियो । चितवनको मुग्लिन–नारायणगढ सडकको कालीखोलामा वर्षाका बेला प्रायः पहिरो जाँदै आएको छ । पहिरोका कारण सो क्षेत्र सबैभन्दा जोखिमपूर्ण बनेको छ । सो क्षेत्रमा सडक विस्तारको काम चलिरहेकाले सुख्खा समयमा समेत पहिरो खस्ने गर्दछ । रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार