१ माघ २०८२, बिहिबार | Thu Jan 15 2026

जिसस मोरङको प्रमुखमा पोखरेल


२९ श्रावण २०७४, आइतबार  

0
Shares

 

विराटनगर, २९ साउन । जिल्ला समन्वय समिति मोरङको प्रमुखमा नेकपा (एमाले)का नरेश पोखरेल विजयी हुनुभएको छ ।

शनिबार सम्पन्न निर्वाचनमा चार दलको गठबन्धनबाट पोखरेलसहित नौजना पदाधिकारी विजयी भएका हुन् ।

उपप्रमुख पदमा नेकपा (माओवादी केन्द्र)का प्रकाश साह यसअघि नै निर्विरोध निर्वाचित भइसक्नुभएको छ ।

त्यसैगरी, सदस्य पदमा विश्वेश्वर ढकाल, कात्तिक मण्डल, सुनितादेवी ऋषिदेव, सीतादेवी राजवंशी, लक्ष्मीदेवी ऋषिदेव र पुलिस विश्वास विजयी भएका हुन् ।

चार दलको गठबन्धनबाट प्रमुख र एक सदस्य एमालेबाट, उपप्रमुखमा माओवादी केन्द्रबाट, संघीय समाजवादी फोरम र नेपाल लोकतान्त्रिक फोरमबाट तीन÷तीनजना निर्वाचित भएका हुन् ।

प्रकाशित मिति : २९ श्रावण २०७४, आइतबार  ५ : ३९ बजे