७ फाल्गुन २०८२, बिहिबार | Thu Feb 19 2026

शिक्षा क्षेत्रको भूमिका महत्वपूर्ण


२९ श्रावण २०७४, आइतबार  

0
Shares

 

पोखरा, २९ साउन । नेपाली काँगेसका केन्द्रीय सदस्य गुरुराज घिमिरेले मुलुकको प्रत्येक परिवर्तनमा शैक्षिक क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ ।

नेपाल शिक्षक सङ्घ कास्कीको आठौँ अधिवेशनको शनिबार पोखरामा उद्घाटन गर्दै उहाँले शैक्षिक गुणस्तर वृद्धि गर्नका लागि विद्यार्थी, अभिभावक र शिक्षकको त्रिकोणात्मक सम्बन्ध गरेको बताउनुभयो ।

सांसद शारदा पौडेलले मुलुक संघीय संरचनामा गइसकेको बताउँदै शैक्षिक क्षेत्रमा पनि सोहीअनुरुप परिवर्तनको खाँचो औँल्याउनुभयो ।

जिल्ला शिक्षा अधिकारी नन्दलाल पौडेलले शिक्षक आफैँमा मर्यादित र जिम्मेवार हुनु पर्नेे विचार व्यक्त गर्नुभयो ।

नेपाल शिक्षक महासङ्घका राष्ट्रिय उपाध्यक्ष किशोरदत्त बरालले आम शिक्षकका मागप्रति राज्य गम्भीर हुनु पर्ने बताउनुभयो ।

अन्नपूर्ण गाउँपालिकाका प्रमुख युवराज कुँवरले कक्षा १२ सम्मको शिक्षा स्थानीय तहले सञ्चालन गर्ने संविधानले व्यवस्था गरे पनि नीति र स्रोतका बारे स्पष्ट हुनु पर्नेमा जोड दिनुभयो ।

अधिवेशनले रमेश भट्टराईको अध्यक्षतामा २० सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत गठन गरेको छ भने उपाध्यक्ष पछि चयन गर्ने सङ्घले जनाएको छ ।

प्रकाशित मिति : २९ श्रावण २०७४, आइतबार  ५ : ४० बजे