१ मंसिर २०८२, आइतबार | Sun Nov 16 2025

थामी नाच संरक्षणमा युवा


२९ श्रावण २०७४, आइतबार  

0
Shares

 

दोलखा, २९ साउन । लोप हुँदै गएको थामी मौलिक नाच तथा गीतको संरक्षणमा ‘यापती सोनारी’ संरक्षण तथा सम्बद्र्धन युवा मञ्च र नेपाल थामी विद्यार्थी संघ दोलखाले संयुक्त अभियान सुरु गरेका छन् ।
थामी मौलिक नाच तथा गीत संरक्षणका लागि संकलन तथा रिकर्डिङ गर्न लागिएको विद्यार्थी संघ दोलखाका सचिव सविता थामीले जानकारी दिनुभयो ।

उहाँका अनुसार पछिल्लो समय थामी समुदायको मौलिक नाच तथा गीत विस्तारै लोप हुने क्रममा छ । पछिल्लो पुस्तालाई हस्तान्तरणका लागि पनि यो अभियान अत्यन्त जरुरी रहेको उहाँको भनाइ छ । अहिले यो अभियान पूरा गर्न आर्थिक समस्या देखिएको छ ।

प्रकाशित मिति : २९ श्रावण २०७४, आइतबार  ५ : ५२ बजे