५ फाल्गुन २०८२, मंगलबार | Wed Feb 18 2026

नाम्फुङ र रेन्दुङ



किशाेर बायुङ राई
रेन्दुङ र नाम्फुङ सहरमा हुर्केका हुन। पहाडबाट पुस्तौ अघि बसाई सरेर आएका हुन । उनिहरुको भेट कलेजमा भएको हो । क्रमशः हिमचिम हुँदै गयो । सुखदुःख साटासाट भाे ।  मन नजिक भाे । बिस्तारै माया बस्यो । प्रीती बस्यो । रेन्दुङ थरमा बाहिङ हुन । नाम्फुङ चाहिँ बायुङ लेख्छिन । पुस्तौंदेखि सहरिया भएकोले होला अनभिज्ञ छन दुवै आफ्नो पुर्ख्यौली संस्कार र संस्कृतिमा । यति थाहा छ, दुवै किरात हुन् ।

रेन्दुङले हेर्दै भन्यो-“ए,  नाम्फुङ-घरमा मेरो बिहेको कुरा चलिराको छ । मामा-पापाले साह्रै कर गर्दै छन् । तिमी नाइ चाहिँ नभन है । फेरि मैले हाम्रो सम्बन्धको बारेमा कसैलाई नि भनेको छैन ।”
“तिमी सधै यसै भन्छौ । हैन तिमी केटाहरुलाई चाहिँ बिहे गर्ने हतार मात्र हुन्छ कि के हो ?” -नाम्फुङले जवाफ फर्काईन ।
“हतार त हुन्छ नि ! अनि नभएर के गर्नु ? ऊ घरमा सयजनाको फोटो भिराईसके । अनि पनि …।”
” भन्देउ न अहिले नै गर्दिन भनेर ।”
“किन ?”  “अनि पाल्न सक्छौ त ?”  “तिमीले नै भनेको हैन, सुखदुःख सङ्गै काटाैँला भनेर ।”

मेराे दिलकाे राजा-रेन्दुङ । मामा-पापालाई मनाए । कहिले अाउछाै, माग्न ? भागेर जाऊ न हुन्न ? अहँ, हुन्न पटक्कै । मामा-पापाकाे एक्लि छाेरी हुँ । मागेरै लानुपर्छ, मलाई त ! ल, अब चाडै अाउछु । “तर, यहाँ हाेईन । मलाई मागेर बिहे गर्न‌ गाउँमा अाउनु पर्छ तिमी ।” गाउँमा …?  हाे, पापाले मेराे बिहे अाफ्नै कुलसंस्कारअनुसार गर्ने रे ! मलाई पनि पापाकाे विचार मन परेउ । रेन्दुङ हेर न पापालाई हाम्रो रिथिथिती खासै थाह छैन । सनैमा किकि-पिपिले गाउँ छोडनु भाकोले । मेरो तेस्तै हो नाम्फुङ । किकिको पापाले किकि सानै हुँदाखेरी नै गाउँ छोडनु भको रे ! झन् । तिमीलाई पाउन म जे नि गर्न तयार छु ।
साँच्चिकै … ?
“साँच्चि नै ।”
मर्छाै पनि ?
“परेउ भने त … ।”
लु भयाे पर्दैन ! पर्दैन ! मेराे लागि …

गाउँमा …
ल ! बाउले सानैमा हिँडाकाे मुन्छे फुच्चाे थियाे, बडेमानकाे भएर अाएछ लाै । नातिनि पुनि यत्राे तरुनी बनाएर ल्यएछ । त्याे पनि बिहे गरिदिन। लु मरिन्दैन भने भेटिन्दाे रछ हाै मुन्छे त । साईनाेले पापकान्छा पर्ने गाैरूङ कान्छा खुसिले गद्गद् भाे । नाम्फुङतिर हेर्दै साध्याै । “अनि चाचानिमा (नातिनि) के देल्चाचेई गेम् राई ?”

‘बाहिङ’ अलि धकाउदै बाेलिन् नाम्फुङ ।
ए, बाहिङ नै पाे । कुन ठङकाे ?
साेलु नै रे कीकी -पुर्ख्याैली चाहिँ । नाम्फुङले जवाफ दिई ।
लु जुप्पा भयाे तेसाे त । एउटै थरि भएछ । कुन दाेःचा ?
याे दाेःचा भनेकाे के हाे नि किकि ? नाम्फुङ अचम्मित भईन् । कसरी एकै थरी। हामी त बायुङ हाे नि । अनि उ त बाहिङ पाे त ?
तिमारू सहर बस्नेलाई के था ? तुम्लाे-यालाे भन्ने मुन्छे भा पाे त। खासमा बायुङ र बाहिङ एउटै राई हाे । एकै पुर्खाकाे सन्तान हाे । तर पछि एकथरि बायुङ । अर्काेथरि बाहिङ भन्दै गएकाे रे अनि छुटेकाे हाे । हामिचेई बायुङ नै भन्दै छाैँ ।

मगनीकाे दिन …
शहरकाे पार्कमा भेटेर हात समाएर मायाका कुरा गर्ने । सपनाकाे कुरा गर्ने मान्छे, अाज अाफ्नाे हात माग्न अाउदा । त्याे पनि पुख्याैलि पहाडकाे गाउँमा । नाम्फुङ लाजले राताेपिराे भएकि छ । तर भित्रभित्र खुसिले मुस्कुराईरहेकि छ । एक मन लाग्दाे हाे गर्ल्याम्म अङ्गालाे हालुँ । फेरि समाजले के भन्ला अर्काे मनले साेच्दि हुन् । कठुवा लिएर अाईपुगेकाे छ उसकाे मनकाे राजा ।

रितिअनुसार कुरा चल्याै । “लु हाैई ङाचा हजुर हाे । फुलकाे बास्ना डाँडा वारि मन्छेकाे बास्ना डाँडा पारि … हामी त हजुरहरुकाे बगानकाे फुलकाे वास्ना पछ्याउँदै पाे अायुङ । चलेकाे चलन हाे । रिसानि माफ हाेला ।”- धाैले राईले मुख खाेल्याै ।

हजुर । तपाईकाे कुराकाे अाशय के हाे ? के भन्न अाउनुभाे ? अलि प्रष्ट पार्नु पराे । -गाैरूङ कान्छाले नबुझेजस्ताे गर्याै ।
“रिसानि माफ हाेला ङाचाहजुर । तपाईकाे बगानमा सुन्दर फुल फुलेकाे देखेर हामी त हाम्रो घर आगन तपाइँको फुलले सजाउने मनाशाय लिएर पो आयुङ है हजुर । कुटुम्बेरि साईनाे गाँस्न पाे अायुङ” -धौले राईले थप्यो ।

लु ङाचा । याे त राम्रो कुरा लिएर आउनु भएछ । शुभ शुभ कुरा लिएर आउनुभएछ । तर नामथर के हो ? कुन मुलको पानी पिउने ? कुन कुलको मुन्छे ? कुन दो:चा ? को मुन्छे होला ? …

लु नाति -नातिनी तिमारुको बियाँ गर्नु मिल्दैन । बियाँ गर्नु मिल्दैन । सेचो-सेचोमा बिया गर्न मिल्दैन। हेर साइनोले तिमारु दाजु- बैनि हौ । सेचोचा-सेचोचा भनेको माईती चेलिको नाता हो । रगतसम्बन्धको साइनो हो । हाडफाेरा बिया गर्न मिल्दैन । सात पुस्ता गलेकाे छैन ।

अाकाश खस्याै । धर्ति भासियाे ।  रेन्दुङ र नामफुङ लाचार भए अाफै । लज्जित सम्झे अाफैँ । अफैँले अाफुलाई नालायक ठाने । समाजमा मुख देखाउन लायक ठानेन् अाफैँलाई । एक रात जुन खस्न लागेकाे बेला दुवैले जीवन बिसाए । कालाे बादलले अाकाश ढाक्दै ढाक्दै थियाे । ईति

प्रकाशित मिति : ३१ श्रावण २०७४, मंगलबार  ४ : ५५ बजे