सातवटा चोरीका मोटरसाइकल पक्राउ

0 Shares

मेलम्ची, २२ भदौ । इलाका प्रहरी कार्यालय मेलम्चीले वैशाखदेखि हालसम्म सातवटा चोरीको मोटरसाइकल पक्राउ गरी सम्बन्धित सवारीधनीलाई बुझाएको छ ।

काठमाडाँैका विभिन्न स्थानबाट विभिन्न मितिमा चोरी–निकासी गरेर ल्याएका सातवटा मोटरसाइकल नियमित चेकजाँचका क्रममा विभिन्न मिति र समयमा विभिन्न स्थानबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक निरज डाँगीले बताउनुभयो । २०७१ वैशाख ३१ गते सवारीधनी सानुकान्छा खड्काको बा २५ प ४७३१ नंको होन्डा साइन ११० सिसीको कालो मोटरसाइकल काठमाडाँैकोे बत्तीसपुतलीबाट चोरी भएको थियो । मोटरसाइकल पार्किङ गरेको केही समयमा हराएको उनले तुरुन्तै पुलिसमा रिपोर्ट गरेका थिए ।

इलाका प्रहरी कार्यालयमा कार्यरत ट्राफिक मोहन श्रेष्ठ र गीताप्रसाद काफ्लेको टोलीले नियमित चेकजाँच र छड्के चेकका क्रममा पक्राउ गरेको प्रहरीले जनाएको छ । खड्काले आफूले मोटरसाइकल हराएको १५ महिना बितिसक्दा भेट्ने आशासमेत नरहेको र प्रहरीले मोटरसाइकल फेला परेको सूचना दिने बित्तिकै खुसी भएको जानकारी दिनुभयो ।

त्यस्तै, जाँचका क्रममा तीनवटा १५० सिसीको बा४६प २१२०, सोही अवस्थाको बा ४३ प ७३ नम्बर, बा ५७ प ७३५, बा ६४ प ८९, बा ३९ प ७३२८ र बा ३९ प ११६७ गरी जम्मा सातवटा मोटरसाइकल पक्राउ गरी सवारीधनीलाई बुझाउन प्रहरी सक्रिय भएको छ । बानेश्वरमा हराएको मोटरसाइकल यसरी भेटिएला भनेर आशै मरिसकेको र प्रहरीको साथ तथा सहयोगपश्चात् आफूले पुनः पाएकोमा निकै खुसी लागेको काठमाडाँै–८ बस्ने प्रमोद विष्टले बताउनुभयो ।

प्रहरी निरीक्षक डाँगीका अनुसार पहिल्लो समय मोटरसाइकल हराउने क्रम बढेपनि प्रहरीको सक्रियता बढेसँगै चोरीको मोटरसाइकल पक्राउ परेका छन् । मोटरसाइकल चोरी गरेपछि लुटेराले नम्बर प्लेट फेरबदल गरेर चलाउने गरेको प्रहरीको भनाइ छ ।

मोटरसाइकल चोरीपश्चात् स्वरुप परिवर्तन तथा भिन्न रङ प्रयोेग गरी मोटरसाइकल चलाउने प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार