३० कार्तिक २०८२, शनिबार | Sat Nov 15 2025

तेस्रो चरणको निर्वाचनमा राजपा सहभागी हुने विश्वास


४ भाद्र २०७४, आइतबार  

0
Shares

 

धनुषा, ४ भदौ । प्रमुख निर्वाचन आयुक्त डा आयोधीप्रसाद यादवले तेस्रो चरणको निर्वाचनमा मधेश केन्द्रित दलसँग रहेका छ चुनाव चिन्हमध्ये कुनै एक लिई राष्ट्रिय जनता पार्टी नेपाल २ नं प्रदेशमा हुन लागेको स्थानीय निकायको निर्वाचनमा सहभागी हुने विश्वास व्यक्त गर्नुभएको छ ।
जनकपुरमा आज जिल्ला निर्वाचन कार्यालय धनुषाले गरेको पत्रकार सम्मेलनमा डा यादवले राजनीतिक सहमतिअनुसार आगामी असोज २ गते तेस्रो चरणको स्थानीय निर्वाचनमा राजपा सहभागी हुने जिकिर गर्नुभयो ।
आगामी मंसिर ४ गते हिमाली र उच्च पहाडी ३१ जिल्लामा निर्वाचन गराउन सरकारसँग छलफल भइरहेको जानकारी पनि उहाँले दिनुभयो ।

उहाँले २ नं प्रदेशमा १३६ निर्वाचन अधिकृतसहित अधिकृत, मुख्य निर्वाचन अधिकृत खटाइएको जानकारी गराउँदै सो प्रदेशमा आएको बाढीका कारण तराई– मधेशका जिल्लाको बाटोघाटो अवस्था बिग्रेकाले बाटोको सहज पहुँच दिलाउन सरकारलाई आग्रह गरिसकिएको जानकारी दिनुभयो ।

डा यादवले भन्नुभयो, “ निर्वाचनमा भनसुन तथा लेनदेनको आधारमा हँुदै आएको कर्मचारी नियुक्ति, बालबालिकाको प्रयोगलगायतका विषयमा तेस्रो चरणको निर्वाचनम सूक्ष्म अनुगमन कमिटीले अनुसन्धान र कारबाही गर्नेछ ।

प्रकाशित मिति : ४ भाद्र २०७४, आइतबार  ११ : १४ बजे