१ मंसिर २०८२, आइतबार | Sun Nov 16 2025

बाढीले पशुचौपाया मरे


४ भाद्र २०७४, आइतबार  

0
Shares

 

बनियानी (झापा), ४ भदौ एक साताअघि आएको बाढीमा परी जिल्लामा सयौँ पशुचौपाया मरेका छन् ।

बाढीमा दुई हजार सात सय ७९ पशुचौपायाको मृत्यु हुँदा रू ४३ लाखको क्षति भएको जिल्ला पशु सेवा कार्यालयका छवि सुवेदीले जानकारी दिनुभयो ।
हालसम्म बाढीमा परी गाईगोरु २३ वटा, भैँसीराँगा १, खसीबाख्रा १०५, बंगुर ५६, बोइलर कुखुरा २२००, स्थानीय जातका कुखुरा ३८३ र हाँस ११ वटा मरेको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ४ भाद्र २०७४, आइतबार  ११ : १६ बजे