६ फाल्गुन २०८२, बुधबार | Thu Feb 19 2026

काभ्रेपलाञ्चोकमा ३० हजार मतदाता थप


६ भाद्र २०७४, मंगलबार  

0
Shares

बनेपा, ६ भदौ । काभ्रेपलाञ्चोकमा २९ हजार ७२९ जनाले तस्विर सहितको मतदाता नामावलीमा नाम दर्ता गराएका छन् ।
छ नगरपालिका र सात गाउँपालिका रहेको जिल्लामा केही गाउँपालिकाको विवरण नआएकाले यो संख्या अझै बढ्न सक्ने निर्वाचन अधिकारी मधुकर पोखरेलले जानकारी दिनुभयो ।

जिल्ला निर्वाचन कार्यालयले साउन १ देखि भदौ ३ गतेसम्म फोटोसहितको मतदाता नामावली संकलन गरेको थियो ।
यसअघि जिल्लामा कुल दुई लाख ३० हजार ८४९ मतदाता थिए ।

प्रकाशित मिति : ६ भाद्र २०७४, मंगलबार  ८ : १३ बजे