२७ कार्तिक २०८२, बुधबार | Wed Nov 12 2025

पुल बगाउँदा सवारी आवागमन बन्द


९ भाद्र २०७४, शुक्रबार  

0
Shares

रसुवा, ९ भदौ । गएरातिको वर्षाले पुल बगाउँदा सिम्ले–भोर्ले खण्डको सवारी आवागमन बन्द भएको छ ।

कालिका गाउँपालिका प्रमुख सीताकुमारी पौडेलका अनुसार कालिका गाउँपालिका–४ धोबीखोलामा पुल बगाउँदा सिम्ले–अम्बाबास र सस्र्युँ क्षेत्रमा सवारी आवागमन बन्द भएको सो स्थानमा पैदल यात्राका लागि अस्थायी काठको फड्के बनाउने कार्य अगाडि बढाइएको छ ।

ठाडोखोलाको बाढीले मोटरेबल पक्की पुल बगाउनाका साथै त्यस क्षेत्रका सयौँ हेक्टर धानखेती बगाएको जानकारी पाइएकाले क्षतिको विवरण यकिन गर्न प्रहरी परिचालन गरिएको इलाका प्रहरी चौकी कालिकास्थानका प्रहरी निरीक्षक सानुबाबु भण्डारीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ९ भाद्र २०७४, शुक्रबार  ४ : ५५ बजे