६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026

चाँगु नगरपालिकाकाको बजेट ५९ करोड २९ लाख


११ भाद्र २०७४, आइतबार  

0
Shares

भक्तपुर, ११ भदौ । चाँगुनारायण नगरपालिकाले आर्थिक वर्ष २०७४÷७५ का लागि रु ५९ करोड २९ लाख ६० हजार ९६४ को आय–व्यय विवरण सार्वजनिक गरेको छ ।

नगर प्रमुख सोम मिश्रले नगरपालिकाको कूल बजेटमा आन्तरिक आयतर्फ करबापत रु ९२ लाख ८५ हजार, सेवा शुल्कबापत रु एक करोड ५२ लाख ५० हजार, विभिन्न दस्तुरबाट रु दुई करोड ४० लाख, बिक्रीबाट रु १५ लाख, अन्य आयबाट रु ३५ लाख गरी आन्तरिक आयतर्फ कूल रु चार करोड २८ लाख ५८ हजार २५५ आम्दानी गर्ने लक्ष्य लिएको बताउनुभयो ।

त्यसैगरी बाह्य स्रोततर्फ रु ४२ करोड ७७ लाख ३१, सामाजिक सुरक्षा भत्तातर्फ रु नौ करोड र अन्यतर्फ रु दुई करोड १६ लाख ९४ हजार ९६४ गरी रु ५९ करोड २९ लाख ६० हजार ९६४ खर्च हुने उहाँले जानकारी दिनुभयो

नगरपालिकाले खर्चतर्फ कार्यालय खर्च रु ६ करोड १२ लाख ४५ हजार, सामाजिक सुरक्षा भत्तातर्फ रु नौ लाख, कूल चालु खर्चतर्फ रु १५ करोड १२ लाख ४५ हजार र कूल पुँजीगत खर्चतर्फ रु ४४ करोड १७ लाख १५ हजार ९६४ गरी कूल रु ५९ करोड २९ लाख ६० हजार ९६४ खर्च हुने अनुमान गरिएको छ ।

भदौ ३० गतेदेखि भक्तपुरमा दशैँ मेला

यसैगरी दशैँको अवसर पारेर भक्तपुरको सल्लाघारीमा ‘हाम्रो दशैँं मेला २०७४’ को आयोजना गरिने भएको छ ।

चन्द्रसूर्य इभेन्ट्सले आज रफतसञ्चार क्लबमा आयोजना गरेको पत्रकार सम्मेलनमा इभेन्ट्सका अध्यक्ष अमितलाल श्रेष्ठले मेलामा अटोमोबाइल, राष्ट्रिय तथा स्थानीय खाना महोत्सव, विभिन्न ब्राण्डका मोबाइल, इलेक्ट्रोनिक्स सामानको स्टल राखिने बताउनुभयो ।

मेलामा दैनिक उपभोग्य सामग्री, खाद्यान्न, लत्ताकपडा, जुत्ता, कृषि तथा हस्तकलाका सामग्री, भाँडाकुडाका सामग्री, भक्तपुरमा उत्पादित सामग्री र पर्यटन प्रवद्र्धनका स्टल रहने छ ।
ज्येष्ठ नागरिक र पाँच वर्ष मुनिकाकालाई निःशुल्क प्रवेश एवं विद्यार्थीलाई रु ३० र अन्यलाई रु ५० प्रवेश शुल्क तोकिएको छ भने प्रवेश शुल्कबाट संकलितमध्ये केही बाढीपीडित र केही भक्तपुरमा सक्रिय सामाजिक संस्थालाई प्रदान गरिने मेलाका संयोजक रोजिन मिश्रले जानकारी दिनुभयो ।

मेलामा निःशुल्क स्वास्थ्य शिविरसमेत सञ्चालन गरिने छ । पाँच ग्राहकले मेला अवलोकन गर्ने र रु २५ करोड बरारबरको कारोबार हुने अनुमान गरिएको छ । २०५ स्टल रहने मेला भदौ ३० गतेदेखि असोज ५ गतेसम्म सञ्चालन हुनेछ ।

एक अर्ब ८६ करोड राजश्व संकलन

भक्तपुर जिल्ला मालपोत कार्यालयले गत आर्थिक वर्षमा कूल रु एक अर्ब ८६ करोड २१ लाख ५६ हजार २० राजश्व संकलन गरेको छ ।

मालपोत कार्यालयका प्रमुख कमलप्रसाद तिमल्सिनाले कार्यालयले आव ०७३७४ मा रु ८५ करोड १६ लाख राजश्व संकलन गर्ने लक्ष्य राखेकामा राजश्व संकलनमा लक्ष्यभन्दा १४८ प्रतिशत वृद्धि भएको बताउनुभयो ।

कार्यालयले रजिष्ट्रेशन शुल्कबाट रु एक अर्ब २६ करोड ४२ लाख ९३ हजार २९३, फाराम एवं पुर्जा बिक्रीबाट पाँच लाख, जग्गा रोक्काबाट रु १७ लाख ३४ हजार ८४५, सेवा शुल्कबापत रु पाँच करोड ९७ हजार ८११, महिलालाई छुटबापत रु १७ हजार ६१० संकलन गरेको हो ।

त्यसैगरी ‘वाग्मती सभ्यता कोष’ अन्तर्गत रु १९ करोड चार लाख ४३ हजार ९०५, पुँजीगत लाभकरबापत रु ३५ करोड ५० लाख ६८ हजार ५५६ राजश्व संकलन गरेको मालपोत अधिकृत एवं कार्यालय प्रमुख तिमल्सिनाले जानकारी दिनुभयो

प्रकाशित मिति : ११ भाद्र २०७४, आइतबार  ११ : ५० बजे