६ फाल्गुन २०८२, बुधबार | Thu Feb 19 2026

सहकारी संस्थालाई उद्यमसँग जोड्न सुझाव


११ भाद्र २०७४, आइतबार  

7
Shares

 

बनेपा, ११ भदौ । सहकारी संस्थालाई आयआर्जन र उद्यमसँग जोड्न सरोकार भएकाहरुले सुझाव दिएका छन् ।

हिमालय कालिदेवी सहकारी संस्थाको आज बनेपामा भएको १६ औँं साधारणसभामा सहभागीहरुले उद्यमशीलतासहितको क्रण लगानी भए त्यसको प्रतिफल प्रभावकारी हुने बताए ।

बचत संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष परितोष पौडेलले सहकारी संस्थालाई बचत गर्ने माध्यम मात्रै बनाउने होइन, आयआर्जनसँग पनि जोड्न जरुरी छ भन्नुभयो ।

जिल्ला सहकारी संघका अध्यक्ष विनोद पराजुलीले उद्यमशीलतासहितको क्रण लगानी सबैको साझा विषय भएको बताउनुभयो ।

हिमालय कालिदेवी सहकारी संस्थाका अध्यक्ष राजेन्द्र प्याकुरेलले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्न गत वर्षदेखि रेमिटेन्स सेवा पनि सञ्चालन गरिएको जानकारी दिँदै यस वर्षदेखि मोबाइल बैंकिङ सेवा सञ्चालन गर्नेे कार्यक्रम रहेको बताउनुभयो ।

रु ११ करोड ९१ लाख ६५ हजार १४९ को कारोबार गरेको संस्थाले रु ८० लाख ६९ हजार ३९१ खुद आम्दानी गरेको छ । विसं २०५८ सालमा स्थापना भएको यो संस्थाले काभ्रेपलाञ्चोकमा रु पाँच करोड ४८ लाख ७७ हजार ६४१ क्रण लगानी गरेको छ ।

जिल्लामा दर्ता भएका एक हजार ५०० सहकारी संस्थामध्ये करिब एक हजार १०० मात्रै सञ्चालनमा रहेको बताइएको छ ।

प्रकाशित मिति : ११ भाद्र २०७४, आइतबार  ११ : ५६ बजे