दाङलाई सिँचाइमा आत्मनिर्भर बनाइने

0 Shares

तुलसीपुर (दाङ), २२ भदौ । सिँचाइमन्त्री दीपक गिरीले दाङलाई सिँचाइमा आत्मनिर्भर बनाउन विज्ञको टोलीलाई अध्ययनमा लगाएको जानकारी दिनुभएको छ ।

प्रेस युनियन दाङले आज तुलसीपुरमा गरेको स्वागत तथा सम्मान कार्यक्रममा उहाँले जिल्लामा बर्सेनि सुख्खा र जमिन बाँझो रहने बढ्दै गइरहेको बताउनुभयो ।

संविधान कार्यान्वयन वर्तमान सरकारको मुख्य चुनौती रहेको बताउँदै नेपाली काँग्रेसका केन्द्रीय सदस्यसमेत रहनुभएका गिरीले पार्टीभित्रको गुट÷उपगुट अन्त्य हुनुपर्ने बताउनुभयो । कार्यक्रम प्रेस युनियन दाङका अध्यक्ष सुशील बस्नेतको अध्यक्षतामा भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार