काठमाडौं, १२ भदौं । अर्थराज्य मन्त्री उदयशम्शेर राणाले कृषि विकास बैंकले केन्द्रदेखि गाउँसम्म पुगेर सेवाग्राहीको मन जित्न सफल भएको बताउनु भएको छ । ‘आधुनिक बैंकिङ व्यवस्थापन र अर्थ व्यवस्था’ नामक पुस्तक विमोचन कार्यक्रममा प्रमुख अथितिको आसनबाट बोल्नु हुँदै अर्थराज्य मन्त्री राणाले कृषि प्रधान देश नेपालमा कृषि उत्थानको लागि थप कार्यक्रमहरु ल्याएर कृषि विकासमा टेवा पु¥याउनु पर्ने जोड दिनु भयो ।
नेपालको कुल अर्थतन्त्रको ३० प्रतिशत हिस्सा रेमिट्यान्सले ओगटेकाले त्यसप्रति चिन्ता व्यक्त गर्दै मन्त्री राणाले विदेशमा भएका युवायुवतीहरु नेपाल फर्किएपछि देशको अर्थतन्त्रमा योगदान गराउनको लागि कृषि विकास बैंकले सहकार्य गर्नु पर्ने बताउनु भयो ।
कृषि विकास बैंकका कार्यकारी प्रमुख लिलाप्रकाश सिटौलाले सबै जनताको बैकिङ क्षेत्रप्रति आशा र भरोसा रहेको बताउनु भयो । त्यस्तै कार्यक्रमको विशेष अथितिको आसनबाट बोल्नुहुँदै वरिष्ठ अर्थविद डा. पुस्कर वज्र्रचार्यले देशमा आर्थिक उन्नती हुँदै गएतापनि सन्तोषजनक नरहेको बताउनु भयो । डा. वर्ज्रचार्यले देशमा उपलब्ध चार स्रोत र साधनहरु जल, भूमी, पर्यावरण र मानवीय जनशक्तिको उचित व्यवस्थापन र कार्यान्वयन गर्न सकेमा मात्र देश समृद्धतर्पm अघि बढ्न सक्ने कुरा बताउनु भयो ।
सुरोज टन्डनद्धारा लिखित पुस्तक ‘आधुनिक बैंकिङ व्यवस्थापन र अर्थ व्यवस्था’ विमोचन कार्यक्रम कृषि विकास बैंकको मुख्य कार्यालयमा भएको थियो ।









