२३ भाद्र २०८३, मंगलबार | Tue Sep 8 2026

ऐतिहासिक भजनस्थल पुनःनिर्माण सम्पन्न


१३ भाद्र २०७४, मंगलबार  

0
Shares

 

काठमाडौँ, १३ भदौ । काठमाडौँको दक्षिण भेगस्थित कीर्तिपुर नगरपालिका थाबहा टोलको ऐतिहासिक दाफा फल्चा (भजनस्थल) पुनःनिर्माण सम्पन्न गरिएको छ ।

विसं २०७२ मा गएको भूकम्पका कारण जीर्ण बनेको उक्त सम्पदा स्थानीय उपभोक्ता समिति तथा नगरपालिकाको आर्थिक सहयोगमा करिब रु २४ लाखको लागतमा निर्माण सम्पन्न भएको हो ।

बूढापाकाले रचनात्मक कार्य सञ्चालन गर्न त्यहाँ बस्ने भजनकीर्तन गर्नेलगायतका काम गर्ने उद्देश्यले निर्माण गरिएको सो सम्पदास्थल निर्माणमा नगरपालिकाले करिब रु १७ लाख तथा उपभोक्ता समितिले रु सात लाख खर्च गरेको जनाइएको छ ।

Sagarmatha

उक्त सम्पदा कहिले निर्माण भएको हो भनेर यकिनका साथ भन्न नसकिए पनि करिब दुई शताब्दी पुरानो भएको अनुमान गरिएको नगरपालिका प्रमुख रमेश महर्जनले जानकारी दिनुभयो ।

पुरानै संरचनामा आधुनिक सामग्रीको प्रयोग गरी ऐतिहासिकस्थलको निर्माण पूरा गरिएको हो ।

करिब १७.१७ वर्ग किमी क्षेत्रफल रहेको कीर्तिपुर कृषि उत्पादनका लागि विगतमा महत्वपूर्ण मानिएको थियो । दुईसय वर्ष अगाडि त्यहाँका स्थानीयवासीले आफ्नो खेतीपाती सञ्चालन गर्नका लागि नजिकका जिल्ला मकवानपुर, धादिङलगायत स्थानबाट कामदार ल्याएर उक्त पाटीमा राख्ने गरेको बूढापाका बताउँछन् ।

प्रकाशित मिति : १३ भाद्र २०७४, मंगलबार  ५ : ११ बजे