२७ कार्तिक २०८२, बुधबार | Wed Nov 12 2025

दुर्घटनामा दुई जनाको मृत्यु



नवलपरासी, २२ भदौ । पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको सुनवल नगरपालिका–७ ज्यामीरे जंगलमा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।
बुधबार साँझ पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको लु १ च ६१७६ नम्बरको सामान बोक्ने पिकअप भ्यानले विपरीत दिशाबाट जाँदै गरेको लु १४ प ५७०८ नम्बरको स्कुटिलाई ठक्कर दिँदा दुर्घटना भएको थियो ।
दुर्घटनामा परी स्कुटरमा सवार नवलपरासी सुनवल–७ बस्ने वर्ष ३५ का देवबहादुर नेपाली र सीता नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएकी सीता नेपालीको भैरहवा मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको थियो ।

प्रकाशित मिति : २२ भाद्र २०७४, बिहिबार  ७ : ०२ बजे