७ फाल्गुन २०८२, बिहिबार | Thu Feb 19 2026

उम्मेदवार घरमा बम विस्फोटन


२३ भाद्र २०७४, शुक्रबार  

0
Shares

धनुषा, २३ भदौ । तेस्रो चरणको स्थानीय निर्वाचनको मुखमा आएर धनुषा जिल्लाको धनुषाधाम नगरपालिकाका प्रमुख पदका उम्मेदवार शाहको घरमा अज्ञात समूहले बम विस्फोट गरेको छ ।

बिहीबार राति घरको कम्पाउण्डभित्र गएर अज्ञात व्यक्तिले बम विस्फोटन गराएको हो । सो घटनापछि धनुषाधामको सुरक्षा अवस्था अत्यन्तै कडा बनाइएको छ । धनुषाधाम नगरपालिकाको राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुखका उम्मेदवार प्रक्षा शाह मल्लको घरमा विस्फोट भएको प्रहरी नायब उपरीक्षक प्रवीण धितालले जानकारी दिए।

 

प्रकाशित मिति : २३ भाद्र २०७४, शुक्रबार  ४ : ५७ बजे