६ फाल्गुन २०८२, बुधबार | Thu Feb 19 2026

खेतमा अज्ञात महिलाको शव भेटियो


२३ भाद्र २०७४, शुक्रबार  

0
Shares

 

रत्ननगर चितवन २३ भदौ । पश्चिम चितवन जगतपुरको शीतलपानीस्थित खेतमा एक अज्ञात महिलाको शव फेला परेको छ ।भरतपुर महानगरपालिका–२३ शीतलपानीका दीनानाथ पौडेलको खेतको कुलोमा ३५–४० वर्षको जस्तो देखिने महिलाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रहरीका अनुसार बिहीबार साँझ फेला परेको महिलाको शवपरीक्षणका लागि अहिले भरतपुर अस्पतालमा ल्याइएको छ । खुट्टामा बोरा बेरिएको तथा सडेको अवस्थामा शव भेटिएको हो ।

शवको पहिचान नभएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । घाँस काट्ने मान्छेले देखेर प्रहरीलाई खबर गरेको जानकारी दिँदै स्थानीयवासी गणेश पौडेलले खुट्टा र टाउकामा बोरा बेरिएको अवस्थामा शव भेटिएको बताए ।

पौडेलले कतैबाट हत्या गरेर ल्याई फालेको आशंका गरिए पनि अहिलेसम्म कतैबाट केही जानकारी नआएको बताए ।

प्रकाशित मिति : २३ भाद्र २०७४, शुक्रबार  ५ : १५ बजे