६ फाल्गुन २०८२, बुधबार | Thu Feb 19 2026

पूर्वअध्यक्ष माथि भारतीयद्वारा हमला र लुटपाट


२३ भाद्र २०७४, शुक्रबार  

0
Shares

कञ्चनपुर, २३ भदौ । कञ्चनपुरको साविक दोधारा गाविसका पूर्वअध्यक्ष बेलबहादुर रानामाथि भारतीय लुटेराले बिहीबार हमला र लुटपाट गरेका छन् ।

भारतीय बजारबाट उपचार गरी फर्कने क्रममा नगरा नजिक तीनजना भारतीय लुटेराले हमला र लुटपाट गरेका हुन् । नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधिसमेत रहेका रानासँग रहेको मोबाइल सेट र भारतीय रुपैयाँ रु ३६ हजार लुटेराले लुटेर लगेका छन् ।

लुटेराको आक्रमणका कारण रानाको पिठ्यूँ, टाउको, खुट्टा र हातमा चोट लागेको छ । पूर्वअध्यक्ष रानाले लुटेराले मोटरसाइकल रोकेर लुटपाट र आक्रमण गरेको बताए ।

इलाका प्रहरी कार्यालय, दोधारा चाँदनीका प्रहरी निरीक्षक मोहन साउदले भारतीय प्रहरीसँग समन्वय गरी आक्रमण र लुटपाटमा संलग्नहरुको खोजी भइरहेको बताए।

प्रकाशित मिति : २३ भाद्र २०७४, शुक्रबार  ५ : १९ बजे