३० कार्तिक २०८२, शनिबार | Sat Nov 15 2025

बाढीपीडितलाई सामूहिक भोजन


२३ भाद्र २०७४, शुक्रबार  

7
Shares

सप्तरी, २३ भदौ । पूर्व प्रधानसेनापति रुक्मांगत कटुवालद्वारा सञ्चालित ‘शिरीषको फूल’ नामक सामाजिक संस्थाले त्रिपालमा बसेका बाढीबाट प्रभावित सप्तरीको मैनाकडेरीका बाढीपीडितहरुलाई चार दिनसम्म सामूहिक भोजन गराएको छ ।

चार दिनदेखि निरन्तररुपमा आयोजना गरेको सामूहिक भोजन कार्यक्रममा मैनाकडेरीका ५०० जनालाई प्रत्येक दिन दैनिक बेलुकाको खाना खुवाइएको सो संस्थाले जनाएको छ ।

गत असार र साउनको अन्तिम सातामा वर्षासँगै आएको भीषण बाढी र पहिरोका कारण त्यहाँका करिब ५०० घरपरिवार डुबानमा परेका थिए भने त्यस स्थानबाट२०० घरपरिवार विस्थापित भएका थिए ।

सो क्षेत्रमा पुनः बाढी आउने डरले एक महिनादेखि त्यहाँका बासिन्दा पालमुनि बस्दै आएका छन् ।

प्रकाशित मिति : २३ भाद्र २०७४, शुक्रबार  ११ : २८ बजे