१ मंसिर २०८२, आइतबार | Sun Nov 16 2025

दुर्घटनामा तीन महिलाको मृत्यु



नुवाकोट, २४ भदौ । काठमाडौँबाट नुवाकोटको खरानीटार जाँदै गरेको बा १ ख ६३४९ नं को बस नुवाकोटको शिवपुरी गाउँपालिका–७ ठाना भञ्याङमा शनिवार दुर्घटना हुँदा तीन जना महिलाको घटनास्थलमै मृत्यु भएको छ । २९ जना घाइते भएका छन् । मृतकको पहिचान खुल्न सकेको छैन् । घाइते अधिकांशको अवस्था गम्भीर रहेको र उपचारको लागि काठमाडौँ पठाइएको छ ।
दुर्घटना घुम्ती मोड्दा भएकोे थियो । बस सडकबाट ३ सय ५० मिटर तल खसेको प्रहरी नायब उपरीक्षक मधुकर विष्टले जानकारी दिए ।

प्रकाशित मिति : २४ भाद्र २०७४, शनिबार  ९ : ३६ बजे