चित्रकार राईलाई ३८ हजार सहयोग

काठमाडौँ, २४ भदौ । नेपाल ललित कला मञ्चले नेपाल क्यान्सर हस्पिटल हरिसिद्धि ललितपुरमा उपचारमा रहनुभएका चित्रकार शान्तकुमार राईलाई शनिवार ३७ हजार पाँच सय आर्थिक सहयोग गरेको छ । एक महिना अघिदेखि पेटको समस्याका कारण अल्का अस्पताल जाउलाखेल र अपोलो अस्पताल नयाँदिल्लीमा उपचारपछि उनलाई १० दिन अघिदेखि सो हस्पिटलमा राखिएको छ ।
मञ्चका अध्यक्ष लालकाजी लामाको नेतृत्वमा गएको टोलीमा उपाध्यक्ष दीपेन्द्र बनेपाली, रामकुमार गोर्खाली तथा नेपाल ललितकला पत्रकार समाजका महासचिव देवेन्द्र थुम्केली थिए । लामाले मञ्चका संस्थापक अध्यक्ष तथा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका पूर्व सदस्य राईको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सहयोग रकम उनकी पत्नीलाई हस्तान्तरण गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार