काठमाडौ, २६ भदौ । नेपाल विजुली, पेन्टर, प्लम्बर तथा निर्माण मजदुर युनियन (क्यूपेक–नेपाल) को अध्यक्षमा नरनाथ लुइटेल सर्वसम्मत चयन भएका छन् । क्यूपेकको छैठौं राष्ट्रिय महाधिवेशनले अध्यक्षमा लुइटेललाई सर्वसम्मत चयन गरेको हो ।
लुइटेलको अध्यक्षतामा ३१ सदस्यीय केन्द्रीय समिति निर्विरोध चयन भएका हुन् । समितिको उपाध्यक्षमा रामप्रसाद पाण्डे, शान्ता वस्नेत निर्विरोध चयन भएका छन् । महासचिवमा गोपाल कार्की, उपमहासचिवमा अम्बिरकुमार लिङदेन र स्मृती लामा, सचिवहरुमा राजेन्द्र विष्ट, दिवाकर पोखरेल र महिला सचिवमा यमकली तङ्नामी मगर चयन भएका छन् ।
त्यस्तै प्रदेश सचिवहरुमा मुक्तिनाथ गिरी, मानबहादुर विक, योगेन्द्र शर्मा सुतीहार, सोमबहादुर आले, कृष्णप्रसाद ढुंगेल चयन भएका छन् । त्यस्तै सदस्यहरुमा डोमा राई, गणेश लामा, सुदीप राजवंशी, शोभा ढकाल खतिवडा, रामकृष्ण चौधरी, धुपादेवी राई, विक्रमसिंह स्याङतान, कृतिनिधि विष्ट, पुण्यप्रसाद उप्रेती, बलादेवी राई, पदमबहादुर बुढामगर, टोपबहादुर थापा, टिकाराम श्रेष्ठ चयन भएका छन् ।
अधिवेशनले प्रतिनिधि परिषद प्रमुखमा मनोहरी शिवाकोटी उपप्रमुखमा कृष्ण बरालका साथै सल्लाहकार समिति प्रमुखमा तेजबहादुर बस्नेतलाई चयन गरेको छ । सल्लाहकार समितिका सदस्यहरुमा राजु आचार्य, चञ्चलाल बोट र रामचन्द्र कार्की चयन भएका छन् ।
नवनिर्वाचित अध्यक्षको प्रतिबद्धता श्रम ऐन र सामाजिक सुरक्षा ऐन कार्यान्वयन गराउछु
क्यूपेक नेपालका नवनिर्वाचित अध्यक्ष नरनाथ लुईटेलले भर्खरै पारित श्रम ऐन र सामाजिक सुरक्षा ऐन कार्यान्वयन गराउने तर्फ अधिकांश समय खर्चने बताए । निर्माण क्षेत्र दुंगा गिट्टी बालुवामा काम गर्ने देखि बिजुली, प्लम्बििङ, पेन्टर, वन लगायत सबै क्षेत्रका समस्या समाधान गराउन आफू दृढ भएर लागि पर्ने प्रतिबद्धता जनाए । विगतमा विभिन्न जिल्ला प्रशासन कार्यालयमार्फत राखेका निर्माण मजदुरका मागहरु वार्ताका माध्यमबाट पुरा गर्ने प्रतिबद्धता समेत अध्यक्ष लुईटेलले जनाएका छन् ।

छैठौं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै नेपाल ट्रेड यूनियन महासंघ(जिफन्ट) का अध्यक्ष विष्णु रिमालले अबको दशक निर्माणको दशक हुने भन्दै निर्माण मजदुरका क्षेत्रमा पुरा गर्नुपर्ने कार्यलाई प्राथमिकताका छुट्याएर पुरा गर्न सुझाव दिएका थिए ।









