काठमाडौ, २६ भदौ । पर्यटन क्षेत्रका मजदुरहरुको संस्था नेपाल स्वतन्त्र होटल, क्यासिनो तथा रेष्टुरेन्ट यूनियन (नेस्वहोमयू) को अध्यक्षमा सूर्यबहादुर कुँवर सर्वसम्मत निर्वाचित भएका छन् । नेस्वहोमयूको दशौं राष्ट्रिय अधिवेशनले सूर्यबहादुर कुवरलाई सर्वसम्मत निर्वाचित गरेको हो ।
कुवरको अध्यक्षतामा २७ सदस्यीय केन्द्रीय नयाँ समिति निर्वाचित गरेको छ । समितिको वरिष्ठ उपाध्यक्षमा बंशीधर भट्टराई, महिला उपाध्यक्षमा चन्द्रकला थापा, उपाध्यक्षहरुमा कुण्डलबहादुर खड्का र बेगबहादुर पाण्डे निर्विरोध निर्वाचित भएका छन् ।
महासचिवमा लक्ष्मण तिवारी, उपमहासचिवमा दिनेश घिमिरे र मनमोहन गायक, सचिवहरुमा कमल घिमिरे, तिर्थ सुवेदी, रञ्जु थापा, श्रृजना उप्रेती निर्वाचित भएका छन् । अधिवेशनले सदस्यहरुमा कृष्ण बहादुर श्रेष्ठ, रामप्रसाद दुवाडी, इश्वरी घिमिरे, लुमणीबहादुर ढुंगाना, शैलशर्मा, तेजराज तिवारी, दानबहादुर धिमाल, नेत्रलाल श्रेष्ठ, केशवराज सापकोटा, रञ्जिता धिताल, बद्री भण्डारी, सागरमणि थापा, हेमबहादुर पण्डित, ललिता केसी, मनिका गुरुङ निर्वाचित भएका छन् ।

अधिवेशनले प्रतिनिधि परिषद प्रमुखमा इन्दिरा लामा र सल्लाहकार कमिटि प्रमुखमा उदयचन्द्र अर्याललाई चयन गरेको छ ।
निर्वाचित भएपछि अध्यक्ष कुँवरले विद्यमान होटल, क्यासिनो, रेष्टुरेन्ट लगायत क्षेत्रमा मजदुरहरुले भोग्दै आएको समस्या समाधान गराउन आफु लागिपर्ने प्रतिबद्धता जनाए । व्यवस्थापन पक्षसँग वार्तामा बसेर समस्याको समाधान गर्न आफू संधै तयार रहेको भन्दै यदि वार्ताका माध्यमबाट समस्या समाधान नभए जस्तोसुकै आन्दोलन गर्न तयार रहेको बताए ।








