रसुवाको राजमार्गमा चारवटा एस्काभेटर

14 Shares

रसुवा, २३ भदौ । नेपाल–चीनबीचको केरुङ नाका जाने रसुवा जिल्लाको राजमार्ग निर्बाध रुपमा सञ्चालन गराउन तीन स्थानबाट एस्काभेटर सञ्चालन गरिएको छ ।

डिभिजन सडक कार्यालय नुवाकोटका अनुसार स्याफ्रुबँेसी, खोपाङ, मूलखर्क तथा राम्चे क्षेत्रका भूभागमा केन्द्रित गरी सडकको आकस्मिक अवरोध हटाई नेपालको एक मात्र उत्तरी नाका नियमित सञ्चालन गर्न एस्काभेटर परिचालन गरिएको हो ।

आकस्मिक रुपमा अवरोध हुने सडक सफा गर्न परिचालित एस्काभेटरले तुरुन्तै बाटो सफा गरी केरुङबाट सामान बोकी आएका सबैखाले ट्रक, कन्टेनर छिनभर पनि नरोकिने बताइएको छ । मूलखर्क क्षेत्रमा राखिएको एस्काभेटरले धुन्चेभन्दा तल्लो भूभाग र स्याफ्रु तथा खोपाङ क्षेत्रमा रहेको एस्काभेटरले त्रिशूली नदीदेखि रसुवागढीको मितेरी पुलसम्मको सडक व्यवस्थापन गर्ने बताइएको छ ।

भूकम्पपछि २०७२ मङ्सिर १५ देखि यस नाकाबाट सामान ढुवानी हुन थालेपछि हालसम्म डेढ अर्बभन्दा बढी राजस्व सङ्कलन भइसकेको रसुवा भन्सार कार्यालयले जनाएको छ । रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार