५ फाल्गुन २०८२, मंगलबार | Wed Feb 18 2026

३ करोड नेपालीले सुन्नै पर्ने गीत सीरूपाते खुकुरी [भिडियो सहित]



काठमाडौं । ‘सीरुपाते खुकुरीको लाहा छ की छैन’ भन्ने बोलको गीत युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । सुनिल दिप्त राईको शब्द रचना, तारा प्रकाश लिम्बुको संगीत, साहास शाक्यको संयोजन र मनिता राईको आवाजमा रहेको गीत युट्युब मार्फत सार्वजनिक गरिएको हो ।
नेपाली लोक आधुनिक गायिका मनिता राईको नजर के जुधेको थियो गजलको अपार सफलता पछी यो गीत रेकर्ड गरिएको हो । छोटो समयमै चर्चा कमाउन सफल गायिका मनिता राईको पहिलो एल्बम भित्र दोस्रो गीतको रूपमा समावेश गरिएको छ । नजर के जुधेको थियो गजलबाट गीत संगीतको यात्रा सुरू गरेकी गायिका राई पहिलो गजल गीतबाट दर्शक श्रोताहरूको मन मुटूमा बस्न सफल भएकी थिइन् । पहिलो गजल गीतको चर्चा सेलाउन नपाँउदै सीरूपाते भन्ने बोलको गीत दर्शक स्रोता सामु फरक स्वादमा पस्केकी छिन ।

गाँउबाट शहर पलायन, शहरबाट बिदेश पलायनको क्रममा लाखौ नेपालीहरु संसारकै हरेक कुनामा पुगेका छन ती सबैको बाध्यता हो । नेपाल र नेपाली प्रति विदेशमा भएर पनि धेरै माया बोकेर बसेका नेपालीहरुप्रति यो गीत समर्पित गरिएको छ ।

प्रकाशित मिति : २८ भाद्र २०७४, बुधबार  १ : ०० बजे