१ मंसिर २०८२, आइतबार | Sun Nov 16 2025

चुनाव विथोल्ने गतिविधिमा सलंग्न दुई जना गिरफ्तार



गौशाला, ३० भदौ । तेस्रोचरण अन्तर्गत प्रदेश नं २ मा यही असोज २ गते हुने स्थानीय तहको निर्वाचन विथोल्ने गतिविधिमा सलंग्न नेकपा माओवादी (विपल्व) का दुई जना कार्यकर्तालाई प्रहरीले शुक्रबार गिरफ्तार गरेको छ । गिरफ्तार पर्नेमा महोत्तरीको हात्तीलेटका बाबुलाल लामा र मटिहानीका वशिष्ठ मिश्र रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुँवेर कठायतले बताए ।

लामालाई बर्दिवास र मिश्रलाई मटिहानी नगरपालिका क्षेत्रबाट गिरफ्तार गरिएको छ । गिरफ्तारमा परेका दुबै जनामाथि सार्वजनिक मुद्दा चलाएको र यस सम्बन्धमा थप अनुसन्धान अगाडि बढाएको प्रहरी उपरीक्षक कठायतले बताए ।

प्रकाशित मिति : ३० भाद्र २०७४, शुक्रबार  ८ : ०४ बजे