चितवन, ३० भदौ । गृहमन्त्री जनार्दन शर्माले देश अब आर्थिक समृद्धितर्फ अघि बढ्ने बताका छन् । ग्रामीण सञ्चार सञ्जाल माडीले शुक्रबारदेखि माडीको वसन्तपुरमा आयोजना गरेको माडी सांस्कृतिक उत्सव तथा कृषि पर्यटन एवं व्यापार मेला–२०७४ को उद्घाटन गर्दै मन्त्री शर्माले स्थानीय तहको निर्वाचनपछि जनप्रतिनिधि उत्साहित रुपमा आफ्नो क्षेत्रको विकासमा लागेको भन्दै राष्ट्र अब आर्थिक समृद्धितर्फ अघि बढेको बताएका हुन् ।

विगतमा जनप्रतिनिधि नहुँदा विकास निर्माणका काम प्रभावकारी हुन नसकेको बताउँदै उनले अबको विकास जनताको चाहनाअनुसार हुने बताए । २ नं प्रदेशमा हुन लागेको निर्वाचन शान्तिपूर्ण ढंगबाट सम्पन्न हुने उनको भनाइ थियो ।
३० भाद्र २०७४, शुक्रबार
0
Shares







