जबरजस्ती गरेको भन्दै आफ्नै श्रीमान बिरुद्ध उजुरी

14 Shares

तुलसी प्रसाद कोईराला
उदयपुर २३ भदौ । श्रीमानले जबरजस्ती गरेको भन्दै उदयपुरमा एक महिला प्रहरीमा उजुरी दिन पुगेकी छिन ।
आफूलाई ईच्छा बिपरित श्रीमानले जबरजस्ती करणी गर्ने गरेको बेल्टार बसाहा नगरपालिकाकी महिलाले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी हुन ।
उजुरी हाल्ने महिलाको श्रीमान बैदेशिक रोजगारीबाट फर्केर आएको ईच्छा बिपरीत कुनै पनि समय शारिरीक सम्बन्ध राख्ने, जबरजस्ती यौन उत्तेजना बढाउने औषधी खाने–खुवाउने, अस्लिल भिडियो अनुसार जबरजस्ती श्रीमतिलाई शारिरीक सम्पर्क गर्ने र श्रीमानले भने जस्तो नमान्दा शारिरीक यातना दिने गरेको भनि उजुरी आएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
महिलाले दिएको जाहेरीमा “म माथि ईच्छा बिपरित जबरजस्ती करणी गरेको भन्दै आफ्नो श्रीमानलाई पक्राउगरि कानुन बमोजिमको कार्बाही गरिपाउ” भनिएको छ । “बैदेशीक रोजगारिमा रहेको समयमा पनि श्रीमानले सामाजिक सञ्जालबाट अस्लिल फोटो र भिडियोहरु पठाउने र पठाई माग्ने समेत गर्ने गरेको” उजुरीको लागी जिल्ला प्रहरी कार्यालय उदयपुर आएकी पीडित महिला भन्छिन् “ श्रीमानले भने जस्तो नमान्दा अहिले त्यहि अस्लिल फोटो र भिडियो सार्वजनिक गरिदिने” भन्दै आफुलाई धम्क्याउने गरेको छ । प्रहरीको अनुसार बैदेशिक रोजगारीमा रहेको श्रीमान रुद्र राई दुई महिना अघि घर फर्केका थिए ।
श्रीमानले विदेशमा कमाएको पैसाको हिसाव नमिल्दा जवरजस्ती करणीको मुद्दा बनेर प्रहरीमा केस आईपुगेको प्रहरी नायव उपरिक्षक ओमबहादुर रानाले बताए । उनले भने ‘श्रीमानले जवरजस्ती गरेको भन्ने व्यहोराको उजुरी आएको छ तर भित्री कुरा बैदेशिक रोजगारीबाट पठाएको रकम भएकोले बुझिन आएको छ ।’ श्रीमानले नै जवरजस्ती गरेको उजुरीको सम्बन्धमा वास्तविक के भएको हो भनेर श्रीमान पक्ष र श्रीमति पक्षका विच छलफल भईरहेकाले मुद्दा दर्ता गर्ने सम्बन्धमा निर्णय नभैसकेको डिएसपी रानाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार