६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026

जुवातास नियन्त्रणमा प्रहरी



रसुवा, ३१ भदौ । जुवातास नियन्त्रणका लागि नेपाल प्रहरीले सम्भावित ठाउँमा निगरानी बढाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार धुञ्चे बजार लगायत जिल्लाको पूरै भागमा निगरानी बढाइएको र त्यस्ता गतिविधि भएको पाइएमा कानूनी दायरामा ल्याउन मातहतका प्रहरी चौकीलाई निर्देशन दिइसकिएको जिल्ला प्रहरी प्रमुख शरतकुमार थापा क्षेत्रीले बताए ।
यसैबीच व्यापारी व्यवसायी सम्मिलित बजार व्यवस्थापन समितिको शुक्रबारको बैठकले म्याद नाघेका खाद्य वस्तु बेच्न नदिइने, करका प्रमाणपत्र नभएका घुम्ती व्यापारीमाथि निगरानी बढाइने, सबैलाई व्यवसाय दर्ता गरेर मात्र कारोबार गराउने, निर्माण सामग्री, स्टेशनरी, लत्ताकपडा, खाद्यान्नसमेतका सबै व्यवसाय अनुगमन गर्ने र निर्माण सामग्री सडकमा थुपार्न रोकिने निर्णय गरेको प्रजिअ हीरादेवी पौडेलले बताए ।

प्रकाशित मिति : ३१ भाद्र २०७४, शनिबार  ४ : २८ बजे