३० कार्तिक २०८२, शनिबार | Sat Nov 15 2025

२४ सै घण्टा आकस्मिक प्रसूति सेवा



जाजरकोट, ३१ भदौ । जाजरकोट अस्पतालमा शुक्रबारदेखि २४ औँ घण्टा आकस्मिक प्रसूति शल्यक्रिया सेवा शुरु भएको छ । सांसद शक्तिबहादुर बस्नेतले औपचारिक रुपमा उद्घाटन गरी सो सेवा शुरु गरिएको हो । जाजरकोटमा सुत्केरी सेवा नहुँदा हजाराँै खर्च गरेर जिल्ला बाहिर जानुपर्ने अवस्थाको अन्त्य भएको छ । कर्णाली विज्ञान प्रतिष्ठानका चिकित्सकद्वारा अस्पतालमा सो सेवा दिइने छ ।
सो अवसरमा नेकपा (माओवादी केन्द्र) का नेता बस्नेतले स्वास्थ्य सेवाम व्यापक सुधार गर्नुपर्नेमा जोड दिँदै निकै ठूलो मेहनतपछि सो सेवा विस्तार गरिएकाले सबैलाई सहयोग गर्न आग्रह गरे ।
उनले जाजरकोट, डोल्पा हुँदै तिब्बत, जाजरकोट, जुम्ला, मध्यपहाडी लोकमार्ग र दाङ हुँदै मुगु जोड्ने नयाँ सडकको काम भइरहेको जानकारी दिँदै रिम्ना र कुदुमा लिफ्ट सिँचाइको काम अब छिट्टै शुरु हुने बताए ।

प्रकाशित मिति : ३१ भाद्र २०७४, शनिबार  ४ : ३६ बजे