६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026

नेपाल आईडल टप ३ को धमाका (फोटो फिचर)



काठमाडौं, १ असोज । एपी वान टेलिभिजनबाट प्रशारण भैरहेको रियालिटी शो नेपाल आईडलको टप थ्रीमा भएका प्रतिस्पर्धीले टुडिखेलमा आ–आफ्नो प्रस्तुती दिएका छन् । नेपाल आईडलका प्रतिस्पर्धीले गीत गाउँदा उपस्थित दर्शकहरु मज्जाले नाँचेका थिए ।

कार्यक्रम दिउँसो २ बजेबाट शुरु हुने भनिए पनि अपरान्ह साँढे ४ बजेबाट शुरु भएको थियो । चर्को घाम र धुलोमा समेत दर्शकहरु नेपाल आइडलको टप थ्रीका बुद्ध लामा, प्रताप दास र निशान भट्टराईको प्रस्तुती हेर्न विहानदेखि दिनभर कुरेर बसेका थिए । चर्को घाम र गर्मीले केही दर्शकहरु मुर्छा परी ढलेका थिए ।

कार्यक्रममा सबैभन्दा पहिलो प्रस्तुती प्रताप दासले गीत गाएर दर्शकलाई छमछमी नचाएका थिए । दासले दुई वटा गीत गाएका थिए । प्रताप दासपछि निशान भट्टराईको प्रस्तुती रहेको थियो । निशान पछि बुद्ध लामाले गीत गाएका थिए । निशान र बुद्धले पनि दुई/दुई वटा गीत गाएका थिए ।

कार्यक्रम रिमा विश्वाकर्माले सञ्चालन गरेकी थिइन । नेपाल आईडलको ग्य्रान फिनाली कतारको दोहामा यही असोज ६ गते शुक्रबार हँदैछ ।

प्रकाशित मिति : १ आश्विन २०७४, आइतबार  १ : ५५ बजे