७ फाल्गुन २०८२, बिहिबार | Thu Feb 19 2026

सांस्कृतिक आदानप्रदान माध्यमद्धारा नेपाल–चीन सम्बन्ध विस्तार


१ आश्विन २०७४, आइतबार  

0
Shares

काठमाडौँ, १ असोज उपप्रधान तथा परराष्ट्र मन्त्री कृष्णबहादुर महराले नेपाल–चीनबीचको सांस्कृतिक आदानप्रदानबाट द्विपक्षीय सम्बन्ध प्रगाढ बन्दै जाने विश्वास व्यक्त गर्नुभएको छ ।

नेपालस्थित चिनियाँ दूतावासले आज काठमाडौँमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, नेपाल–चीन सांस्कृतिक तथा शैक्षिक परिषद् स्थापना भएदेखि द्विपक्षीय सम्बन्ध प्रगाढ बनाउन ठूलो प्रयास भएको छ ।”

चिनियाँ नयाँ वर्षमा हुँदै आएको शैक्षिक प्रदर्शनी तथा अन्य कार्यक्रमले जनस्तरको सम्बन्ध विस्तार गर्नमा सहयोग पुगेको उल्लेख गर्दै उहाँले यस्ता कार्यक्रमबाट मुलुकको पर्यटन विकासमा पनि योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

दुई देशबीच हुँदै आएको उच्चस्तरीय भ्रमणले आपसी सम्बन्धमा महत्वपूर्ण योगदान पुगेको भन्दै उपप्रधानमन्त्री महराले भन्नुभयो, चिनियाँ उपप्रधानमन्त्री वाङ याङको नेपाल भ्रमण हुँदा हामीले संयुक्तरुपमा थालनी गरेको पुनःनिर्माण कार्यले सार्थकता पाउनेछ ।

नेपाल र चीनबीच सम्झौता भएको एक क्षेत्र एक मार्गमार्फत नेपालको सडक पूर्वाधार तथा नेपालमा रेल सेवा विस्तार गर्न संयोग पुग्ने परराष्ट्र मन्त्री महराको विश्वास थियो ।

प्रकाशित मिति : १ आश्विन २०७४, आइतबार  १२ : ०० बजे