३० कार्तिक २०८२, शनिबार | Sat Nov 15 2025

विद्यालयमा आधारित प्राथमिक उपचार तालीम



 

नगरकोट, १ असोज । चाँगुनारायण नगरपालिका– ८ मा विद्यालयमा आधारित प्राथमिक उपचार तालीम सम्पन्न भएको छ ।

प्राथमिक उपचारको महत्वलाई समुदायस्तरसम्म पु¥याउने र विद्यालय तथा समुदायस्तरमा दुर्घटनामा हुनसक्ने मानवीय पीडालाई कम गराउने उद्देश्यले नेपाल रेडक्रस सोसाइटी सुडाल उपशाखाले तालीमकोे आयोजना गरेको हो ।

सरस्वती मावि, महेन्द्रग्राम मावि र पञ्चकन्या माविका विद्यार्थीको सहभागिता रहेको तालीममा रक्तस्राव रोकथाम, हाड भाँचिने, पोलाइ, घाँटीमा अड्किने, स्थानीयस्तरमा आपत्कालीन स्ट्रेचर बनाउने र दुर्घटनाका समयमा प्राथमिक उपचार तत्कालै पु¥याउने भन्ने विषयमा सैद्धान्तिक तथा व्यावहारिक ज्ञान प्रदान गरिएको थियो । रेडक्रस भक्तपुरको प्राविधिक सहयोगमा भएको तालीममा तीन विद्यालयका आ आठ विद्यार्थी गरी २४ जनाको सहभागिता थियो ।

प्रकाशित मिति : १ आश्विन २०७४, आइतबार  ५ : १५ बजे