काँग्रेसले सोच र संगठनमा परिवर्तन गर्नुपर्छः नेता सिंह

0 Shares

 

नगरकोट, १ असोज । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काँग्रेसले अब संगठन तथा सोचमा परिवर्तन गर्नुपर्ने बताएका छन् ।

सर्वमान्य नेता गणेशमान सिंहको २० औँ स्मृति दिवसको अवसरमा नेपाली काँग्रेस भक्तपुर क्षेत्र नं १ ले भक्तपुरको दुवाकोटमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता सिंहले समयको मागअनुसार काँग्रेसमा परिवर्तन नआए जन आधार गुम्ने बताएका हुन् । पार्टीले गणेशमान सिंहको विचार र सिद्धान्तलाई बिर्सिदै गएको सिंहले बताए  ।

पार्टीमा लामो समय काम गरिसकेको भावना कदर गर्न नसकेको नतिजा गत निर्वाचनको परिणामले देखाएकाले अबको निर्वाचनमा कार्यकर्ता निर्णयमा उम्मेदवार छनोट गर्नसके काँग्रेस पहिलो पार्टी बन्ने नेता सिंहले बताए ।

पूर्व उद्योग राज्यमन्त्री कञ्चनचन्द्र बादेले कार्यक्रममा बोल्दै काँग्रेसको नेतृत्वमा संविधान जारी जारी भयो । अब प्रदेश तथा केन्द्रको निर्वाचन काँग्रेसको नेतृत्वमा सम्पन्न भएपश्चात् संविधानको कार्यान्वयन पनि हुने उनले बताए ।

नेपाली काँग्रेस भक्तपुर क्षेत्र नं १ का सभापति जीवन खत्रीको सभापतित्वमा सम्पन्न कार्यक्रमलाई सांसद रामेश्वर ढुंगेल, पूर्व सांसद लेखनाथ न्यौपाने, नेपाली काँग्रेस भक्तपुरका सभापति दुलर्भ थापालगायतले सम्बोधन गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार