एकै परिवारका चारजनामाथि धारिलो हतियार प्रहार

0 Shares

धनुषा, २३ भदौ । धनुषाको यदुकोहामा एकै परिवारका चारजनामाथि धारिलो हातियार प्रहार गरिएको छ ।

इलाका प्रहरी कार्यालय यदुकोहाले दिएको जानकारीअनुसार यदुकोहा–४ बस्ने रामओधी दास तत्माको घरमा गएराति अज्ञात समूहले आक्रमण गरेको हो ।

प्रहरीका अनुसार राति करिब १ बजे आधा दर्जनभन्दा बढीको सङ्ख्यामा आएका अज्ञात समूहको आक्रमणमा परी घरमूली आयोधी दास तत्मा, उहाँकी ५० वर्षीया श्रीमती फूलकुमारी देवी, छोरी १७ वर्षीया प्रमिला र आठ वर्षीया रिंकु धारिलो हतियार प्रहारबाट घाइते भएका छन् ।

उनीहरुलाई टाउको तथा शरीरका विभिन्न भागमा धारिलो हतियार प्रहार गरिएको छ । घाइते चारैजनाको उपचार जनकपुर अञ्चल अस्पतालमा भइरहेको छ ।

पीडित परिवारका अनुसार उक्त समूहले घरबाट नगद रु एक लाख र ५० हजार मूल्य बराबरको सुनचाँदीका गरगहना गरी रु एक लाख ५० हजारभन्दा बढीको धनमालसमेत लुटेर लगेका छन् । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको इप्रका यदुकोहाले जनाएको छ । रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार