ललितपुर, ४ असोज । महानगरीय प्रहरी परिसरले नजिकिँदै गएको दशैँं, तिहार, छठ लगायतका चाडपर्वलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था चुस्त बनाउन बुधबारदेखि चाडपर्व विशेष सुरक्षा योजना २०७४ लागू गरेको छ ।
जिल्लास्थित विभिन्न स्थानमा घट्नसक्ने घटनालाई समयमै रोक्न उक्त योजना लागू गरेको परिषरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक गणेशबहादुर ऐरले पत्रकार सम्मेलन मार्फत सो जानकारी गराएका हुन् ।
विशेष सुरक्षाअन्तर्गत बैँंक तथा वितीय संस्थाको सुरक्षा, चोरी नियन्त्रण, जुवातास नियन्त्रणको व्यवस्था, मादक पदार्थ सेवन गरेर झै–झगडा गर्नेको नियन्त्रण जस्ता कार्यक्रम रहेको परिषरका प्रमुख ऐरले बताए ।
यस्तै गरी सुरक्षाअन्तर्गत जनचेतनामूलक कार्यक्रम जस्तै माइकिङ, घरदैलो, पर्चा पम्प्लेटिङ तथा विभिन्न स्थानमा अन्तक्र्रिया कार्यक्रम सञ्चालन गरिँदै लैजाने उनले बताए । जिल्लाभरि सुरक्षाका लागि आवश्यक जनशक्ति परिचालन गरिने योजना रहेको उनको भनाइ छ ।
४ आश्विन २०७४, बुधबार
0
Shares







