२४ कार्तिक २०८२, आइतबार | Mon Nov 10 2025

दुधकोशी गाउँपालिकाको बजेट २१ करोड ८० लाख



सोलुखुम्बु, ६ असोज । दुधकोशी गाउँपालिकाको पहिलो गाउँ सभाले पारित गरेको निति तथा कार्यक्रम र चालु आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाले २१ करोड ८० लाख ७ हजार ७ सय ४० रुपैया बजेट सडकलाई प्राथमिकता दिदै सार्वजनिक गरेको हो । गाउँपालिकाको विकास र सम्बृद्धिका लागि हरेक वडा कार्यालय सम्म सडक सञ्जाल पु¥याउने लक्ष्यका साथ बजेट विनियोजन गरिएको छ । त्यस्तै, विद्युत र शिक्षा क्षेत्रलाई पनि प्राथमिकता दिईएको छ ।

वडा तर्फ ७ करोड २३ लाख रकम विनियोजन गरिएको छ भने गाउँपालिका तर्फ ४ करोड २४ लाख बजेट विनियोजन गरिएको हो । त्यस्तै, सर्सत अनुदानमा ८ करोड ६४ लाख ९५ हजार बजेट रहेको छ ।
विनियोजित बजेट र सार्वजनिक निति तथा कार्यक्रमले एकै बर्षमा परिर्वतनको महसुस गर्न सकिने गाउँपालिका प्रमुख बुद्धिकिरण राईले बताए । प्रमुख राईले हरेक जनताले महसुस गर्न सक्ने गरि विकासका क्रियाकलाप संचालन गरिने बताएका छन् ।

प्रकाशित मिति : ६ आश्विन २०७४, शुक्रबार  ४ : ५५ बजे