३० कार्तिक २०८२, शनिबार | Sat Nov 15 2025

भंगहा र एकडरामा राजपा विजयी



 

महोत्तरी, ७ असोज । महोत्तरी जिल्लाका थप दुई स्थानमा राजपा नेपालले विजयी हासिल गरेको छ ।

मुख्य निर्वाचन अधिकृत किरणकुमार पोखरेलका अनुसार भंगहा नगरपालिका प्रमुखमा राजपा नेपालका संजीवकुमार साह ४ हजार ४ सय ७८ मत ल्याएर विजयी भएका हुन् । त्यस्तै उपप्रमुखमा सोही दलकी गंगाकुमारी सिंह दनुवार ४ हजार ३ सय ९६ मत ल्याएर विजयी भएका छन् ।

उनीहरुका निकटतम प्रतिद्वन्द्वी क्रमशः नेपाली काँग्रेसका ओमशंकर यादवले ३ हजार ७ सय ६६ र राजनारायण साहले ३ हजार ६६ मत ल्याएका छन् ।

त्यसैगरी एकडारा गाउँपालिका अध्यक्षमा राजपाकै रामछविला साह २ हजार ३ सय १८ मत ल्याएर विजयी भएका छन् । त्यस्तै उपाध्यक्षमा सोही दलकी महजवी खातुन २ हजार २ सय ५२ मत ल्याएर विजयी भएको निर्वाचन अधिकृत पोखरेल बताए ।

उनीहरुका निकटतम प्रतिद्वन्द्वीमा क्रमशः संघीय समाजवादी फोरम नेपालका दीपनारायण मण्डलले १ हजार ९ सय ६८ र निर्मलाकुमारी यादवले १ हजार ९ सय ९५ मत ल्याएका छन् ।

प्रकाशित मिति : ७ आश्विन २०७४, शनिबार  ४ : ४२ बजे