भद्रपुरमा दुर्लभ अजिङ्गर

Facebook Debugger

 झापा, २३ भदौ । भद्रपुरमा दुर्लभ जातको ‘कमन पाइथन’ अजिङ्गर फेला परेको छ ।

भद्रपुर नगरपालिका ५ बस्ने लक्ष्मण प्रधानको घरको आँगनमा रहेको कदमको रुखमा अजिङ्गर फेला परेको हो । अन्दाजी तीन इन्च गोलाइ, साढे पाँच फिट लम्बाइ र १० केजी तौल भएको अजिङ्गरलाई जिल्ला वन कार्यालयका कर्मचारी, नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानीयवासीले नियन्त्रणमा लिएका थिए । अजिङ्गरलाई आजै चारआलीस्थित जङ्गलमा छाडिएको वनका रेन्जर देवेन्द्र उप्रेतीले बताए । रासस

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार