१ मंसिर २०८२, आइतबार | Sun Nov 16 2025

१३ जना जुवाडे गिरफ्तार



पोखरा, ११ असोज । जिल्ला प्रहरी कार्यालय कास्कीको एक टोलीले छुट्टाछुट्टै दुई स्थानबाट एक लाख ९२ हजार नगदसहित १३ जना जुवाडेलाई गिरफ्तार गरेको छ ।
पोखरा लेखनाथ महानगरपालिका–१३ संगम टोलस्थित सन्तोष श्रेष्ठको घरबाट ४१ हजार ४७५ सहित छजना जुवाडे र पोखरा १७ काउछेघारीस्थित दीपेन्द्र पौडेलको घरबाट एक लाख ५० हजार ५४५ नगदसहित सात जना जुवाडे पक्राउ गरिएको प्रहरी प्रवक्ता खडकबहादुर खत्रीले जानकारी दिए ।
पक्राउ पर्नेमा पोखरा–१३ का हरि तामाङ, किशोर परियार, मिलन गुरुङ, राजेन्द्र नेपाली, शोभित नेपाली, पोखरा–१७ का बोधराज रेग्मी, प्रकाश रेग्मी, अनिल क्षेत्री, पोखरा–३ का राजु रेग्मी, पोखरा–५ का रामकृष्ण पौडेल र २९ का अमर खनाल रहेका छन् ।
अवैधरुपमा जुवा खेलिरहेको प्राप्त सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रवक्ता खत्रीले बताए ।

प्रकाशित मिति : ११ आश्विन २०७४, बुधबार  २ : ०० बजे