५ जेष्ठ २०८३, मंगलबार | Wed May 20 2026

शिक्षा दिवसमा ४८ जना पुरस्कृत



धादिङ, २४ भदौ । ३७औँ राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा शिक्षा क्षेत्रमा आ–आफ्ना क्षेत्रबाट शिक्षाको विकासमा योगदान पु¥याएबापत ४८ जनालाई पुरस्कृत गरिएको छ ।

पुरस्कृत हुनेमा कर्मचारी चार, शिक्षाप्रेमी तीन, विद्यालय नौ, शिक्षक २१ र दीर्घसेवी शिक्षक ११ जना रहेका छन् । पुरस्कृत हुनेलाई सम्मानपत्र प्रदान गर्दै पूर्वमन्त्री राजेन्द्रप्रसाद पाण्डेले शिक्षा क्षेत्रको विकास अरूले गरिदिने होइन आफैँले गर्ने हो त्यसका लागि सबै एकजुट हुनु आवश्यक रहेको र आफू पनि शिक्षक पेसाबाट राजनीतिमा प्रवेश गरेको स्मरणसमेत गरे ।

शिक्षा समितिका अध्यक्ष, निमित्त स्थानीय विकास अधिकारी भरतप्रसाद अर्यालको अध्यक्षतामा आयोजित कार्यक्रममा सांसद गुरुप्रसाद अर्यालको अध्यक्षतामा आयोजित कार्यक्रममा सांसद गुरुप्रसाद बुर्लाकोटी, पूर्वसांसद रामनाथ अधिकारी, पूर्वजिविस सभापति खेमप्रसाद लोहनीलगायतले सरकारले शिक्षामा गरेको लगानीको अनुपातमा उपलब्धि हुन नसकेको बताउँदै गुणस्तरीय शिक्षाको आवश्यकतामाथि जोड दिएका थिए ।

कार्यक्रममा पेसागत सङ्घ–सङ्गठनका अध्यक्ष, प्याब्सन, एन प्याब्सनका अध्यक्ष, गैसस महासङ्घ धादिङका अध्यक्ष दामोदर अर्याल, नेपाल पत्रकार महासङ्घ धादिङका अध्यक्ष जनकराज तकुली लगायत वक्ताले धादिङलाई साक्षर जिल्ला घोषणा गरिएपनि निरक्षरको सङ्ख्या अहिले पनि अत्यधिक रहेको बताउँदै सीपमा आधारित व्यावसायिक शिक्षा दिइनु आवश्यक रहेको बताए । रासस

प्रकाशित मिति : २४ भाद्र २०७३, शुक्रबार  ५ : ३९ बजे