१ मंसिर २०८२, आइतबार | Sun Nov 16 2025

बाँकेमा १५० औँ रामलीला महोत्सव



बाँके, १३ असोज । नेपालगन्जको बाँके बगियामा डेढ सय वर्षदेखि आयोजना हुँदै आएको रामलीला महोत्सव यस वर्ष पनि मञ्चन भइरहेको छ ।
एक सय पचासौँ महोत्सव सञ्चालक समितिद्वारा आयोजित महोत्सवमा देवताका विभिन्न लीला मञ्चन गरिँदै आएको छ । घटस्थापनादेखि शुरु भएको महोत्सवमा अहिलेसम्म नारद मोह, रामजन्म, ताड्का बध, जनकपुर आगमन, बजार फूलबारी, धनुष यज्ञ, परशुराम, वाणासुर, सीता स्वयम्वर, राम वनवास, दशरथ मरण, सीताहरण, लंकादहन, लक्ष्मण शक्ति बाणको लीलालगायत प्रदर्शन गरिसकिएको आयोजक समितिका भरतकिशोर वैश्यले बताए ।
उनका अनुसार यस वर्ष विजया दशमीका दिन ४५ फिटको रावणको पुत्ला दहन गरिनेछ । महोत्सव हरेक दिन राति ७ बजेदेखि १२ बजेसम्म सञ्चालन हुन्छ । विजया दशमीका दिन अपराह्नदेखि नै विशेष लीला मञ्चन गरी रावण बध गरिन्छ । सो दिन जिल्लाका विभिन्न ग्रामीण क्षेत्र तथा छिमेकी मुलुक भारतबाट समेत मानिसहरु आउँछन् ।

प्रकाशित मिति : १३ आश्विन २०७४, शुक्रबार  ४ : ०८ बजे