२७ कार्तिक २०८२, बुधबार | Wed Nov 12 2025

विदेशी मुद्रासहित गिरफ्तार



काठमाडौँं, १३ असोज । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले ४६ हजार अमेरिकी डलरसहित एक चिनियाँलाई बिहीबार गिरफ्तार गरेको छ ।
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा हाते सामान जाँच गर्ने क्रममा ड्रक एयरद्वारा भुटान जान लागेकी राहदानी नं जी ३८७७६०८५ वाहक ४१ वर्षीया यानकुन दुवानलाई अमेरिकी डलर ४६ हजार ४८० र चिनियाँ मुद्रा एक हजार ६०० येनसहित गिरफ्तार गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १३ आश्विन २०७४, शुक्रबार  ४ : १३ बजे