२७ कार्तिक २०८२, बुधबार | Wed Nov 12 2025

राजदेवी मन्दिरमा बलि दिने घटे



जनकपुर, १४ असोज । मिथिलाञ्चलको प्रसिद्ध शक्तिपीठ राजदेवी मन्दिरमा यसपटक बलि दिनेको संख्यामा घटेको छ । गत वर्षभन्दा २ हजार ३ सय १० बोका बलि दिनेको संख्या घटेको हो । गत वर्ष सो मन्दिरमा १४ हजार ६ सय १७ बोकाको बलि दिइएकोमा यस पटक १२ हजार ३ सय १७ बोकाको बलि दिइएको छ ।
जनकवंशी राजाहरूको कुलदेवीका रूपमा विश्वास गरिएको सो मन्दिरमा असत्यमा सत्य, अधर्ममा धर्म, अँध्यारोमा उज्यालोको विजय, कार्यसिद्धि र मनोकामना पूर्णको प्रतीकका रूपमा बोकाको बलि दिने चलन छ ।
राजदेवीलाई महादुर्गा, महाकाली, महासरस्वती, महामाया चण्डिका, पार्वती, कौशिकी, जानकी, किशोरीले नामले पूजाअर्चना गर्ने परम्परा छ । अनिकाल र संकटबाट मुक्तिका लागि राजदेवीको स्थापना गरिएको जनविश्वास छ । मन्दिरमा बोकाको बलि दिनेको संख्या घटे पनि खोइँछ भर्ने र प्रसाद चढाउनेमा श्रद्धालुको भने भीड बढेको छ ।

प्रकाशित मिति : १४ आश्विन २०७४, शनिबार  ३ : ३५ बजे