सप्तरी, १४ असोज । सप्तरीको भारदहस्थित कंकाली भगवती मन्दिरमा बडादशैको नवमी अवसरका ४९३ राँगको बलि दिइएको छ ।
हनुमानगर कंकाली नगरपालिका १ स्थित पूर्व पश्चिम राजमार्गसँग जोडिएको सो शक्तिपीठमा १२ हजार संख्यामा खसिबोकाको बलि दिइएको मन्दिर विकास समितिले जनाएको छ । गत वर्ष ५ सय ७ राँगाको बलि दिइएको थियो ।
आफ्नो मनोमामना पूरा भएपछि नेपाल र छिमेकी भारतबाट पनि बलिका लागि मानिसहरु यहाँ आउने गरेको पण्डित मृकुञ्जय झाले बताए ।
१४ आश्विन २०७४, शनिबार
0
Shares







