३० कार्तिक २०८२, शनिबार | Sat Nov 15 2025

पहिलो पटक कार्यकर्तालाई टीका लगाई दिदैँ राणा



काठमाडौँ, १४ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपतिशमशेर राणाले यस वर्ष पहिलो पटक पार्टीका नेता, कार्यकर्तालाई शुभेच्छुकलाई विजयादशमीको टीका लगाई दिने भएका छन् ।
राणाले महाराजगंजस्थित विजय निवासमा नेता, कार्यकर्ता, शुभेच्छुक र समर्थनलाई टीका लगाइने कार्यक्रम रहेको सो पार्टीका केन्द्रीय सदस्य राजाराम श्रेष्ठले जानकारी दिए ।
यसैबीच, राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले विजयादशीमा अवसरमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १४ आश्विन २०७४, शनिबार  ४ : १५ बजे