२४ कार्तिक २०८२, आइतबार | Sun Nov 9 2025

मेरामा लेक लागेर एकजनाको मृत्यु



सोलुखुम्बु, १७ असोज । सोलुखम्बुमा सोमबार लेक लागेर एकजनाको मृत्यु भएको छ । सोलुखुम्बु जिल्लाको माहाकुलुङ–४, गुदेल बस्ने ४३ वर्षीय कवारकुमार राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सोलुखुम्बुले जनाएको छ ।
सोही गाउँपालिका–३ स्थित ‘मेरा बेस क्याम्प’ मा पाँच दिनअघि ट्रेकिङमा गएका उनी बिरामी भएका थिए । उनलाई उपचारका लागि घरतर्फ ल्याउने क्रममा थाम्माकमा मृत्यु भएको थियो ।

प्रकाशित मिति : १७ आश्विन २०७४, मंगलबार  ८ : ५२ बजे