३० कार्तिक २०८२, शनिबार | Sat Nov 15 2025

बस र कन्टेनर ठोक्किँदा ११ जना घाइते



नुवाकोट, १७ असोज । विदुर नगरपालिका–५ माझीटारमा मंगलबार बिहान बस र कन्टेनर एकापसमा ठोक्किँदा ११ जना यात्रु घाइते भएका छन् । त्रिशूलीबाट काठमाडौँ जान लागेको ना ६ ख ८१४७ नंको बस र काठमाडौँबाट नुवाकोट हुँदै केरुङ जान लागेको बा ३ ख नं कन्टेनर ठोक्किँदा दुवै सवारी साधनका चालकसहित ११ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, नुवाकोटका इञ्चार्ज प्रहरी नायब निरीक्षक अर्जुन पौडेलले जानकारी दिए ।
दुर्घटनामा कन्टेनर चालक रसुवा जिल्ला धैबुङका २४ वर्षीय कुमार न्यौपाने, बस चालक नुवाकोट गणेशस्थानका ३४ वर्षीय सन्तोष अधिकारी र अन्य नौ यात्रु घाइते भएकाले उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेको अहिले जिल्ला अस्पताल, त्रिशूली, सिटी अस्पताल विदुर र सञ्जिवनी अस्पताल, बट्टारमा उपचार भइरहेको छ ।
घाइतेमध्ये केहीको शल्यक्रियासमेत गर्नुपर्ने भएकाले थप उपचारका लागि काठमाडाँै पठाइने जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी उपरीक्षक वीरेन्द्र बस्यालले बताए । बस मंगलबार बिहान ३५ जना यात्रु लिएर त्रिशूलीबाट काठमाडाँै जान लागेको थियो ।

प्रकाशित मिति : १७ आश्विन २०७४, मंगलबार  ९ : २३ बजे