३० कार्तिक २०८२, शनिबार | Sat Nov 15 2025

माओवादी मन्त्री हटाउन प्रधानमन्त्रीलाई दबाब



काठमाडौं, २० असोज । बिहीबार राजधानीबाट प्रकाशित अधिकांश राष्ट्रिय दैनिक पत्रिकाहरुले वामपन्थी र प्रजातान्त्रिक शक्तिहरुबीच भएको ध्रुवीकरण र त्यसपछि विकसित राजनीतिक घटनाक्रमको वरिपरि रहेर सामग्री प्रमुख समाचार बनाएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवामाथि सत्ता गठबन्धनको दोस्रो ठूलो दल माओवादी केन्द्रका मन्त्री हटाउन पाटीभित्रैबाट दबाब परेको छ । शुक्रबार राजधानीबाट प्रकाशित सबैजसो राष्ट्रिय दैनिक पत्रिकाहरुले यो विषयलाई प्राथमिकताका साथ छापेका छन् । पत्रपत्रिकाहरुले लेखेका छन्– कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिका अधिकांश सदस्यले प्रधानमन्त्री देउवालाई माओवादी मन्त्री हटाएर मात्र मन्त्रिपरिषद् बैठक डाक्न दबाब दिएका छन् ।’
त्यस्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र श्रीलंकाली राष्ट्रपति मैत्रीपाल सिरेनाको यही महिनाको अन्तिमका लागि प्रस्तावित भ्रमण रोकिएको खबर पनि आजका पत्रपत्रिकाहरुमा छन् । पत्रपत्रिकाहरुले लेखेका छन्, नेपालमा अप्रत्यासित रुपमा वामपन्थी र प्रजातान्त्रिक शक्तिबीच ध्रुवीकरण भएपछि उत्पन्न परिस्थितिका कारण यी दुई उच्चस्तरीय भ्रमण तत्कालका लागि नहुने भएका हुन् ।

प्रकाशित मिति : २० आश्विन २०७४, शुक्रबार  ३ : ०२ बजे